Nepali Quotes About Life

Life is a Journey and you need to live it to the fullest every passing Day. But you will not have the same energy and inspiration to get things done.   Here we have collected list of Nepali quotes about life, that will help you kick start your day in a right gear.  The Quotes are authored by many famous peoples and are translated to Nepali version.

Nepal Quotes About Life

  • “यदि तिमीलाई कुनै कुरा मन पर्दैन भने परिवर्तन गर। एकै ठाउँमा उभिएर हेर्नको लागि तिमी कुनै रुख होइनौ।”-जिम रोन
  • “जो व्यक्ति एक दिनमै धनी हुन चाहन्छ, त्यो व्यक्ति एक वर्षमै रित्तिन्छ।”-लिओनार्दो दा भिन्ची
  • “जुन व्यक्तिमा सुन्दरतालाई हेर्न सक्ने क्षमता हुन्छ, ऊ कहिल्यै बूढो हुँदैन।”-फ्रान्ज कफ्का
  • “डरलाई अनुभव गर र त्यो काम जसरि भएपनि पूरा गरेर छोड ।” टमारा मेलोन
  • “हामीलाई अरु कसैले बचाउन सक्दैन। हामीलाई बचाउने भनेको, हामी आफू स्वयंले हो।”-गौतम बुद्ध
  • “तिमी के बन्ने भन्ने कुरा तिम्रो क्षमतामा होइन, तिम्रो रोजाइमा भर पर्छ ।”-जे.के रोलिङ्ग
  • “बिगार्नुबाट नै कुनै पनि कुराको सृजनाको सुरुवात हुन्छ ।”-पाब्लो पिकासो
  • “हामीले राम्रो कुरालाई बानी बनाउन सक्नुपर्दछ र त्यही बानीले हामीलाई बनाउँछ ।”-जोन ड्राइडन
  • “यदि मेरो जीवन एउटा नाटक जस्तो र नकारात्मक कुराहरुले नछोएको हुन्थ्यो भने, मेरा गीतहरु दिक्क लाग्दा हुनेथिए ।”-एमिनेम
  • “जीवन कसरि बाँच्ने र यसको परिभाषा के हो भनेर खोज्दै समय नबिताऊ । जीवन एकदमै छोटो छ।”-स्यामुल जनसन
  • “जब रिस चढ्दै जान्छ, त्यसले ल्याउन सक्ने नतिजाहरुको बारेमा सम्झ ।”- कन्फुसियस
  • “यदि तिमीलाई आफू कहाँ गइरहेको छु भन्ने थाहा छैन भने जुनसुकै बाटोले पनि तिमीलाई एउटा गन्तव्यमा पुराउन सक्छ।”-लुइस क्यारल
  • “यदि संसार बदल्न चाहन्छौ भने आफ्नो कलम उठाऊ ।”-मार्टिन लुथर
  • “जो व्यक्ति बिहान उठ्दा एउटा सपना लिएर उठ्यो,वास्तवमा ऊ निदाएकै थिएन ।”-विल्सन मिज्नर
  • “सफल हुन सिक्न चाहन्छौ भने पहिले असफल हुन सिक ।”-माइकल जोर्डन
  • “प्रेम हाम्रो आमा हो ।प्रेमले नै हामीलाई जन्माएको हो ।”-रुमी
  • “आफूलाई आफैले जित्नु नै पहिलो र सबैभन्दा ठूलो विजय हो ।”-प्लेटो
  • “यसरि काम गर कि, तिमी कहिल्यै मर्ने नै छैनौ ।यसरि बाँच कि, तिमी आजै मर्दैछौ।”-ओजी म्यानडिनो
  • “आफ्ना चोटहरुलाई ज्ञानमा बदल ।”-ओप्राह विन्फ्रे
  • “एक्लोपना कोही नहुनाले आउने हैन तर आफुलाई महत्वपुर्ण लागेको कुरालाई संवाद गर्न नसक्नाले वा केहि कुरा जसलाई अरुले रुचाउँदैनन् त्यस्लाई लुकाउनाले आउँछ ।”-कार्ल जंग
  • “हतार नगर । कसैको पछि नलाग । कोही अरुजस्तो नबन । तिमी ‘आफू’ बनेर हिंडीराख ।”-वर्जीनिया वुल्फ
  • “या त परिवर्तनको लागि सक्रियताका साथ बोल या त चुपचाप सहेर बस।”-हार्भे मिल्क
  • “यसरि दिन बिताऊ कि,बेलुकापख सम्झिँदा कुनै बाहना र पश्चाताप नहोउन् ।”-स्टिभ मार्बोली
  • “काम बिनाका शब्द महत्वहीन हुन्छन् ।”-चे ग्वेभारा
  • “सफलताको भर्याङ्गको टुप्पोमा कहिल्यै पनि भींड हुँदैन।”-नेपोलियन हिल
  • “साहासी व्यक्ति त्यो होइन,जो डराउँदै डराउँदैन । साहासी व्यक्ति त त्यो हो जसले डरलाई जित्न सक्छ।”-नेल्सन मन्डेला
  • “डर र आशाको बीचमा आशालाई रोज्नको लागि हौसला चाहिन्छ।”-मार्क जुकरबर्ग
  • “सफल हुनु अगाडी तिमीले सानो-सानो कुरामा पनि कडा मेहनत गर्नुपर्छ । जुन मेहनत अरुले बुझ्नेछैनन्।”-ब्रायन ट्रेसी
  • “अरुले तिमीलाई के भन्छन्,त्यसको आधारमा आफ्नो मूल्य र अस्तित्व तौलिने काम नगर ।”-जोयस मायर
  • “आफूसंग जे छ, त्यो प्रयोग गरेर त्यसमै लगनशील बन्न सक्नु नै क्षमतावान हुनु हो ।”-जोयस मायर
  • “स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टी सबैभन्दा ठूलो धन हो र इमान्दारिता सबैभन्दा ठूलो सम्बन्ध हो।”-गौतम बुद्ध
  • “जो व्यक्ति जित्नको लागि अगाडी बढ्न डराउँछ, त्यो व्यक्तिको हार निश्चित हुन्छ ।”-नेपोलियन बोनापार्ट
  • “आधा परिपक्क मानिसहरु सबैभन्दा अप्ठ्यारा हुन्छन् ।”-विल्सन मिज्नर
  • “अवसरलाई पछ्याउ, गल्ती गर।अप्ठ्यारो परिस्थिति र पीडाले नै तिमीमा साहस भरिदिन्छ।”-म्यारी टेलर मुरे
  • “जो पढिरहन्छ, त्यो ठूलो तपस्वी हो ।”-उपनिषद
  • “डर भनेको एउटा सामान्य मानसिक अवस्था बाहेक अरु केही पनि होइन ।”-नेपोलियन हिल
  • “पैसा भन्दा आत्मविश्वास ठूलो हो ।”-जेम्स मेडिसन
  • “आफ्नो गोप्य कुराहरु कसैला नभन्नु बुद्धिमानी हो, तर आफ्नो गोप्य कुराहरु कोही व्यक्तिले अरुलाई नभनोस् भन्ने चाहना राख्नु मूर्खता हो ।”-स्यामुल जनसन
  • “समय उनीहरुसंग अडिन्छ, जसले समयको सही उपयोग गर्न जानेको हुन्छ।”-लिओनार्दो दा भिन्ची
  • “आफू जो हौ, त्यसमा गर्व गर्न सिक ।मैले काम गर्दा सधै यसरि गर्छु कि, मानौं आफूलाई प्रमाणित गर्ने त्यो मेरो अन्तिम अवसर हो ।”-एमिनेम
  • “जब तिमीले आफूले आफूलाई स्विकार्छौ र माया गर्न थाल्छौ ,तब तिमी सबैभन्दा सुन्दर देखिन्छौ ।”-जोइ क्राविच
  • “पुतली जसरि तहिरिन सिक । मौरी जसरि एकैठाउँमा अडिन सिक ।”-मुहम्मद अली
  • “जीन्दगीमा चार चिज कहिल्यै नतोड्नु भरोसा, वाचा, सम्बन्ध र हृदय, किनभने यिनिहरूले भाँचिदा धेरै आवाज त दिदैनन् तर पिडा दिन्छन् ।”-चार्ल्स
  • “मलाई अहिले म रोएर बिताएको समय सम्झेर पछुतो लाग्छ । मैले मेरो महत्वपूर्ण समय खेर फालें ।”-जेसिका लन्जे
  • “उत्कृष्टतामा एक प्रतिशत उत्प्रेरणा र ९९ प्रतिशत मेहनत रहेको हुन्छ ।”-थोमस अल्वा एडिसन
  • “असफल हुनु स्वभाविक हो । तर असफल भएपछि फेरी प्रयास गर्न छोड्नु भनेको लाजमर्दो हो ।”-माइकल जोर्डन
  • “सकारात्मक र राम्रो विचार भएर मात्र हुँदैन,त्यसलाई प्रयोग गर्नु महत्त्वपूर्ण कुरा हो।”-रेने डेकार्ट
  • “म कसैसंग डराउँदिन,तर सबैको कदर गर्छु !”-रोजर फेडेरर
  • “तिम्रो जितको खुशीयाली होइन,तिमी हारेर पनि फेरी उठ्नुको खुशीयाली मनाऊ ।”-चे ग्वेभारा
  • “बाँच्नु ठूलो कुरा होइन सुन्दर तरिकाले बाँच्नु मूख्य कुरा हो ।”-सुकरात
  • “जसले जीवनमा जोखिम उठाउने साहस गर्दैन,उसले केही पनि प्राप्त गर्न सक्दैन ।”-मुहम्मद अली
  • “धेरै मानिसले गर्ने गल्ती भनेको, मैले धेरै गर्न सक्दिन भन्ने सोंचेर,केही पनि नगर्नु हो ।”-जिग जिग्लर
  • “प्रार्थनाले भगवानलाई परिवर्तन गर्दैन,प्रार्थना गर्ने व्यक्तिलाई परिवर्तन गर्छ ।”-सोरेन किएर्कगार्ड
  • “विवाह भन्दा मायालु आत्मीय, मित्रवत र विश्वासिलो सम्बन्ध अरु कुनै सम्बन्ध हुँदैन ।”-मार्टिन लुथर
  • “तिम्रो सपना पूरा हुनको लागि पहिले तिमीले सपना देख्नुपर्छ ।”-ए.पी.जे अब्दुल कलाम
  • “हरेक प्राणीको सम्मान गर्न सिक र सधै आफ्ना पाइला अगाडी बढाउ । यी दुई कुराले तिम्रो जीवनलाई नयाँ रुप दिनेछ ।”-रबिन विलियम्स
  • “पछाडी नफर्क । अरुले त्यसको फाइदा उठाउनेछन्।”-स्याचल पेग
  • “सबैभन्दा ठूलो जोखिम भनेको,हरेक जोखिमसंग डराउनु हो ।”-मार्क जुकरबर्ग
  • “आफूमा विश्वास गर । तिमी तिमीले सोंचे भन्दा बढी साहसी छौ, तिमीलाई थाहा भएभन्दा बढी प्रतिभावान छौ र तिमीले कल्पना गरेभन्दा बढी योग्य छौ ।”-रोय टि. बेनेट
  • “मानिसहरुको भिंडमा रहेर मखमलको आसनमा बस्नुभन्दा म फर्सीमा बसेर त्यसलाई पूरै आफ्नो बनाउन रुचाउँछु ।”-हेनरी डेभिड थोरो
  • “खतराले ढोका ढक्ढक्याएन भने,रोमान्चक यात्रा कसरि सुरु हुन्छ ?”-वाल्मीकि
  • “यदि तिमी विजयी मात्र भइरह्यौ भने तिमीले आफ्ना कमजोरी थाहा पाउन सक्दैनौ, त्यो भन्दा अगाडी बढ्ने बाटो देख्दैनौ ।”-एमएस धोनी
  • “जहिले पनि परिमाण भन्दा गुण वा विशेषता धेरै महत्वूर्ण हुन्छ ।”-स्टिभ जब्स
  • “तिमी सधै अरुको सहयोगमा मात्र भर पर्नु हुँदैन ।”-मलाल
  • “अनुपस्थितिले धैर्यलाई दबाउँछ र चाहनालाई बढाउँछ जसरी हावाले
    मैनवत्तीलाई निभाउँछ तर भुग्रोबाट आगो सल्काउँछ ।”-रान्कोइस डे ला रोचेफोकाल्ड
  • “खुशीको रहस्य स्वतन्त्रता हो र स्वतन्त्रताको रहस्य साहास हो ।”-थ्युसीडिडिस
  • “हावा उस्तै,पानि उस्तै,माटो पनि उस्तै तर पनि हाम्रो फुलाई फरक छ किनकि हामि प्रत्येक उत्पति हुने बिउ नै फरक थियो,तसर्थ हामि सबै फरक छौ र त संसार रंगिन अनि मनमोहक छ ! म फरक छु र त तथ्य परक छु ।”-कपिल शर्मा
  • “तिमीले जुन कुरा विश्वासका साथ गर्छौ,त्यसमा तिमी सफल बन्छौ ।”-ब्रायन ट्रेसी
  • “असल साथी भनेको त्यो हो जसले तिम्रो असफलतालाई गन्दैन र तिम्रो सफलतालाई सहन सक्छ।”-डग लर्सोन
  • “अरु व्यक्तिले आलोचना गर्दैमा मैले आफ्नो काममा परिवर्तन ल्याउँदिन ।”-टोनी मरिसन
  • “आफैलाई जित्नु भनेको युद्धमा सयौं योद्धासंग लडेर जित्नु भन्दा पनि ठूलो विजय हो ।”-दलाई लामा
  • “सत्य तितो हुन्छ ।”-चाणक्य
  • “हरेक व्यक्तिले आफ्नो कहानी लेख्छ र हरेकको छुट्टाछुट्टै कहानी हुन्छ । म पनि मेरो कहानी लेख्दैछु ।”-नेइमार
  • “म बिरामी छैन,म टुटेको छु । तर,जबसम्म मैले मेरो काम गर्न सक्छु, म
    जीवन देखि खुशी छु ।”-फ्रिदा क्लो
  • “गल्तीहरुबाट कहिल्यै नडराऊ ।”-बेन्जामिन फ्रेंकलिन
  • “सगरमाथा चढ्न होस् अथवा आफ्नो करियरमा सफलता प्राप्त गर्न,
    तिमीमा साहस र शक्तिको आवश्यकता पर्छ ।”-ए पी.जे अब्दुल कलाम
  • “सगरमाथा चढ्न होस् अथवा आफ्नो करियरमा सफलता प्राप्त गर्न,
    तिमीमा साहस र शक्तिको आवश्यकता पर्छ ।”-ए पी.जे अब्दुल कलाम
    “प्रत्येक स्त्रीको कर्तव्य यो हो की जतिसक्यो चाँडो विवाह गरोस् र पुरुषको काम यो हो की जहाँसम्म सम्भव हुन्छ यसबाट टाढा रहोस् ।”-जर्ज बर्नाड शा
  • “चोट भनेको तिम्रो बुझाइहरुलाई बाहिर ल्याइदिने तत्व हो।”-खलिल जिब्रान
  • “यदि तिमी कसैले पनि आफ्नो आलोचना नगरोस् भन्ने चाहन्छौ भने नयाँ काम केही नगर ।”-जेफ बेजस
  • “क्षमताभन्दा बढी मसंग साहस र इच्छाशक्ति छ।”-डली पार्टन
  • “हर व्यक्ति जे ऊ चाहन्छ सो पाउन सक्दछ,यदि ऊ विश्वसको साथ इच्छित वस्तुमाथी लगातार चिन्तन गर्दछ भने ।”-श्रीमद् भागवत् गीता
    “हामीले दिमागलाई खुल्ला राखेर आफ्ना विचारहरु प्रस्तुत गर्नुपर्छ,इमान्दारिताका साथ वादविवाद गर्नुपर्छ तर सधै एकतामा
    जोड दिनुपर्छ ।”-डोनाल्ड ट्रम्प
  • “हामीलाई खुसी बनाउ अनि तिमि हामीलाई असल वनाउनेछौं ।”-रवर्ट ब्राउनिङ
  • “भौतिक चिजहरु आकर्षक हुन्छन्,तर महत्वपूर्ण हुँदैनन् ।”-रिचार्ड ब्रान्सन
  • “शक्ती कसैले तिमीलाई दिने होइन,त्यो आफूले लिने हो।”-बियोन्से नोल्स कार्टर
  • “जिन्दगीलाई धेरै गम्भीरताका साथ नलेऊ । जिन्दगी भनेको खेल खेल्ने भकुण्डो जस्तै हो । भकुण्डो हातमा लिएर बस्ने होइन, खेल्ने हो ।”-श्री
    श्री रवि शंकर
  • “प्रत्येक महिला स्वतन्त्र तरिकाले हिंड्न पाउनुपर्छ । प्रत्येक महिलालाई आदरका साथ व्यवहार गरिनुपर्छ।”-बाराक ओबाम

Also Read: Buddha Quotes In Nepali ,    Nepali Funny Quotes

  • “मानिसले आफ्नो बारेमा जे सोंच्छ, त्यही सोंचले नै उसको जीवनमा सबैभन्दा धेरै समस्याहरु निम्त्याइरहेको हुन्छ ।”-जोयस मायर
  • “जुन व्यक्तिले आफ्नो सम्मान गर्न जान्दैन,उसले अरुको सम्मान गर्न पनि जानेको हुँदैन ।”-अइन र्यान्ड
  • “उमेर बढ्दै जाँदा मैले जीवनलाई बुझ्न छोडें । जीवनलाई आत्मसात र माया गर्न थालें ।”-जुल्स रेनार्ड
  • “तिम्रो लागि के सही छ भन्ने कुरा अरुलाई भन्दा बढी तिमी आफू स्वयम्लाई थाहा हुन्छ ।”-जेनिफर लोपेज
  • “राम्रा शब्द अमूल्य हुन्छन् र ती शब्द बोल्दा खर्च हुँदैन ।”-जर्ज हर्बट
  • “अरुलाई माया गर्दा आफ्नो मूल्य बिर्सिनु,आफैलाई माया गर्न बिर्सनु भनेको सबैभन्दा दुखदायी कुरा हो।”-अर्नेस्ट हेमिङ्गवे
  • “अरुको लुगा भित्र पसेर हामीले आफ्नो शरीरको नाप पत्ता लगाउन सक्दैनौं ।”-जन लेनन
  • “कामले तिमीलाई जीवनको अर्थ र उपोगिता दिन्छ । कामबिना जीवन रित्तो हुन्छ ।”-स्टेफन हकिंग
  • “इच्छाशक्त्ती भयो भने बाटो बन्दै जान्छ।”-ओरिसन स्वेट मार्डेन
  • “आफ्नो छोराछोरीलाई सबैभन्दा राम्रो उपहार दिन चाहन्छौ भने, जिम्मेवारी बहन गर्न सक्ने जरा र स्वतन्त्रताका पखेटा देऊ।”-डेनिस वेटले
    “जब तिमीलाई कुनै कुराको डर लाग्छ ।त्यो कुराको बारेमा धेरै भन्दा धेरै ज्ञान हासिल गर । ज्ञानले नै डरलाई जितिदिन्छ ।”-एडमण्ड बर्क
  • “हामीलाई हामी को हौँ,थाहा छ। तर,हामी के हुन सक्छौं भन्ने थाहा हुँदैन ।”-विलियम शेक्सपियर
    “यदि तिमी आफ्नो भविष्यसंग खेलबाड गर्न चाहँदैनौ भने,आज नै
    आफ्नो जीवनशैली परिवर्तन गर ।”-साइमन दि बेभोर
    “म बताउँछु तिमीलाई,धनी कसरि हुने ।अरु लोभी हुँदा, आफूले डर मान ।अरु डराउँदा,आफू लोभी बन।”-वारेन बफेट
  • “तिम्रो भविष्यलाई अरु कसैले नियन्त्रण गर्न सक्दैन, तिम्रो भविष्यलाई तिमी आफूले मात्र नियन्त्रण गर्न सक्छौ ।”-डाक्टर सुस
  • “दु:खको कहिल्यै अन्त्य हुँदैन ।त्यसले आकार बदल्छ ।”-कीयानु रिभ्स
  • “लेखिएका सिद्धान्तहरुलाई आँखा चिम्लिएर अनुसरण नगर ।”-एज्रा पाउण्ड
  • “आफूले जीवनमा केही गर्न सक्दिन की भन्ने मानिसहरुले मात्र अरुको जीवनको उज्यालो देखेर ईर्ष्या गर्छन्।”-श्यानन एल. एल्डर
  • “हामीले यो बुझ्नु जरुरि छ कि,राम्रो काम गर्नको लागि समय सधै सही हुन्छ ।”-नेल्सन मन्डेला
  • “जब एउटा बच्चा जन्मिन्छ,त्यो बच्चाको जन्म संगै आमाले पनि पुनर्जन्म लिन्छिन् ।”-गिल्बर्ट पार्कर
  • “सफलता भनेको लगनशीलताको परिणाम हो। यदि लगातार रुपमा
    मेहनतका साथ काम गर्यौ भने तिमी सफल बन्छौ।”-डिवेन जोनसन
  • “कसैलाई पनि तिम्रो आफ्नो रोजाइ र निर्णय स्विकार्न बाध्य नबनाऊ । आफूले पनि कसैको रोजाइ र निर्णयलाई बाध्य भएर नस्विकार !”-कोलिन पावे
  • “ठक्कर खानु वा गल्ती हुनु भनेको असफल ठहरिनु होइन।”-मल्कोम एक्स
  • “जसले साना-साना कुराहरुमा खुशी देख्दैन,ऊ जीवनको दास बनेर बाँच्छ।”-होरेस
  • “तिमी जन्मिँदा नै विशेष व्यक्तिको रुपमा जन्मिएको छौ !अब औसत मान्छे बनेर मर्न नखोज ।”-रोबिन शर्मा
  • “आज प्राप्त गरेका उपलब्धिहरु हिजो असम्भव लाग्थे ।”-रोबर्ट एच स्कलर
  • “हामीहरु छुट्टाछुट्टै पानीजहाजबाट यहाँ आएका हुन सक्छौं, तर अहिले हामी सबै एउटै डुंगामा छौं !”-मार्टिन लुथर किङ्ग
  • “तिम्रो मुस्कान भनेको अरुले तिमीभित्र हेर्ने झ्याल हो । जहाँ उनीहरुले सकारात्मक ऊर्जा देख्छन्।”-डेनस वेटली
  • “मैले मेरा दु:खहरु नशामा डुबेर हराउन् भनेर पिउन थालें, तर ती दु:खहरु त तैरिन पो सिके !”-फ्रिदा क्लो
  • “अगाडी बढेर सफलता हासिल गर्नको लागि गोप्य सुत्र भनेको काम गर्न सुरु गर्नु हो।”-स्याली बर्गर
  • “पुतली जसरि तहिरिन सिक । मौरी जसरि एकैठाउँमा अडिन सिक ।”-मुहम्मद अली
  • “मैले प्रयास नगरी आफ्नो गन्तव्यमा पुग्न सक्दिन । त्यसैले नदी नसुक्दासम्म म डुंगा खियाउन छोड्दिन ।”-गार्थ ब्रुक्स
  • “तिमी रिसाएको हरेक मिनेटमा तिम्रो शान्त दिमागको साठी सेकेन्ड खेर जान्छ ।”-राल्फ वाल्ड एमर्सन
  • “जीवनको हरेक रहस्यलाई खोल्ने प्रयास गर।”-युरीपिडिज
  • “राम्रो पुस्तकभन्दा इमान्दार साथी अरु केही हुनै सक्दैन ।”-एर्नेस्ट हमिंगवे
  • “आफ्नो ७० प्रतिशत समय काम गर्नमा लगाऊ र आफ्नो तथा कामको बारेमा बोल्नको लागि आफ्नो समयको ३० प्रतिशत मात्र देऊ ।”-जेफ बेजस
  • “केही मूर्ख काम गर । अर्थपूर्ण जीवन बाँच्ने चाहनामा तनावले थिचिएर नबस ।”-एन्टोन चेखव
  • “बिहानमा उठ्नको लागि तिमीसंग केही सपना हुनुपर्छ।”- बिल्ली वाइल्डर
  • “मर्नु भनेको सामान्य कुरा हो । तर, जीवित रहेर पनि बाँच्न नसक्नु भनेको डरलाग्दो कुरा हो ।”-भिक्टर ह्युगो
  • “मानिसहरु परिवर्तनसंग सधै डराउँछन् । बिजुलीको आविष्कार पहिलोपटक हुँदा पनि त मानिसहरु डराएका थिए, होइन र?”- बिल गेट्स
  • “मूर्खहरुको पात्रोमा मात्र ‘भोली’ भन्ने दिन भेटिन्छ ।”-ओजी म्यानडिनो
  • “मलाई न त असफलता देखि डर लाग्छ, न त मृत्यु देखि नै । त्यसैले प्रतिस्पर्धीहरुका लागि म एउटा ‘खतरा’ हूँ ।”-इमरान खान
  • “हरेक व्यक्तिमा र हरेक परिस्थितिमा राम्रा पक्षहरु खोज्न सीक ।”-ब्रायन ट्रेसी
  • “स्वतन्त्र हुने हिम्मत गर, आफ्ना विचारहरुले जहाँ लैजान चाहन्छन् त्यहाँ पुग्ने साहस गर ।”-स्वामी विवेकानन्द
  • “यदि तिमी आफूलाई सुरक्षित र सजिलो हुने तरिकाले निर्णय लिन्छौ भने तिमीले प्रगति गर्न सक्दैनौ ।”-हिथ लेजर
  • “तिमीले एउटा योजना बनाउंदै गर्दा, नसोंचेको अर्को परिस्थिति आउनु नै जीवन हो ।”-जन लेनन
  • “आफ्नो बारेमा सोंच्नु भनेको सबैभन्दा साहसिलो काम हो ।”-कोको शनेल
  • “समय र परिस्थितिहरु धेरै छिटो बदलिरहन्छन्। त्यसैले भविष्यमा केन्द्रित भएर काम गर्नुपर्छ।”-वाल्ट डिज्ने
  • “याद गर्नुहोस् स्वर्ण पदक विजेता ले पनि पदक ग्रहण गर्दा शिर झुकाउनै पर्छ, झुकावआवश्यक छ तर आफु नै भाचिने गरि झुक्नु पनि हुदैन ।”-कपिल शर्मा
  • “एकजना मानिसको आवाजले पुरै कोठा भरिको माहोल परिवर्तन गरिदिन सक्छ।”-बाराक ओबामा
  • “मैले कहिल्यै सपना देखेर बसिन ।म सधै मेरो काममा लागें।”-एस्टी लडर
  • “आफ्नो मनलाई पछ्याउँदा मैले ‘केही गुमाउनुपर्छ की’ भन्ने डरबाट मुक्त हुनलाई मैले ‘एक दिन एक्लै, नाङ्गै, सबै छोडेर मरेर जानु छ’ भन्ने सम्झिन्छु ।”-स्टिभ जब्स
  • “संसारमा जति पनि काम भएका छन्, ती सबै आशा र विश्वासका परिणाम हुन् ।”-मार्टिन लुथर
  • “लड्नु असफलता होइन ।यदि तिमी त्यही लडेको ठाउँमा नै बसिरहन्छौ भने त्यो असफलता हो ।”-सुकरात
  • “जब आमाले बच्चालाई जन्म दिन्छिन्, तब ती आमाको पनि पुनर्जन्म हुन्छ ।”-गिल्बर्ट पार्कर
  • “कुनै कुरामा अडिग भएनौ भने त्यसले तिमीलाई भित्र भित्रै मार्छ । आफू को हूँ र के चाहन्छु भन्ने कुरामा स्पष्ट बन ।”-जेनिफर लोपेज
  • “यदि तिमीले आलोचना सुन्न सक्दैनौ भने, केही नगर, केही नबोल र केही नबन ।”-एरिसटोटल
  • “अण्डाबाट चल्ला ननिक्लदै चल्ला गनेर नबस ।”-इसप
  • “मैले जीवनको बारेमा जे सिकें, त्यो हो : जस्तोसुकै परिस्थिति आओस्, जीवन अगाडी बढ्छ नै ।”-रोबर्ट फ्रोस्ट

Also Read: Buddha Quotes In Nepali ,    Nepali Funny Quotes

  • “तिमी कति वर्षको भयौ होइन,तिमीले यो उमेरसम्म आउँदा के- के गर्यौ भन्ने कुराले अर्थ राख्छ ।”-जुलेस रेनार्ड
  • “जसले आफूलाई महत्वपूर्ण लाग्ने काम गर्छ,त्यो व्यक्ति नै खुशी रहन सक्छ ।”-अब्राहम मस्लो
  • “हरेक दिन नयाँ कुरा जन्मिन्छ,नयाँ कुराको विकास हुन्छ ।”-स्टेन ली
  • “पौडी खेल्न सिक्न चाहन्छौ भने,पानीमा हाम फाल । जमिनमा उभिएर तिम्रो त्यो चाहना पूरा हुन सक्दैन।”-ब्रुस ली
  • “सफलतामा पुग्ने बाटोमा जहिले पनि मर्मतकार्य भइरहेको हुन्छ ।”-आर्नोल्ड पल्मेर
  • “सिकाइ र शिक्षाको लागि रुची बनाइराख्यौ भने तिमीलाई अगाडी बढ्नको लागि कसैले रोक्न सक्दैन।”-एन्थोनी जे डिएञ्जेलो
  • “हाम्रा बानीहरुको मिलावटले हाम्रो जीवनको आकार बनेको हुन्छ ।”-विलियम जेम्स
  • “सभ्य र इमान्दार रुपमा गरिने अस्वीकृति भनेको प्रगतिको संकेत हो।”-महात्मा गान्धी
  • “मैले कोही यस्तो व्यक्ति देखेकी छैन,जो कडा मेहनत बिना नै सबैभन्दा अगाडी पुगेको होस्।”-मार्गरेट थ्याचर
  • “जुन व्यक्तिले आफूलाई जानकारी भएकोमा घमण्ड गर्छ, त्यो व्यक्ति हरुवा हो।”-स्टिफन हकिंग
  • “तिमीसंग गधा कराउँछ भने तिमीले पनि कराएरै उत्तर दिनुपर्छ भन्ने हुँदैन ।”-जर्ज हर्बेट
  • “तिमीले आफूले जानीसकेपछि पनि जुन कुरा सिक्दै जान्छौ,त्यो मूल्यवान हुन्छ ।”-जोन वुडन
  • “मानिसको विचार उसका कामहरु मार्फत सजिलै पढ्न सकिन्छ ।”-जोन लक
  • “म आफू समलिंगी हूँ भनेर बाहिर आउँदाको दिन मलाई साथ दिने कोही पनि थिएन । म त्यो दिनलाई कहिल्यै बिर्सिदिन । तर म विगतमै अल्झिएर बस्दिन ।”-हार्भे मिल्क
  • “समय ढिलो हिंड्छ,तर छिटो बित्छ ।”-एलिस वाकर
  • “यदि गरीब जन्मिएको हौ भने,त्यो तिम्रो गल्ती होइन। तर, यदि गरीब नै भएर मर्यौ भने,त्यो तिम्रो गल्ती हुनेछ ।”-बिल गेट्स
  • “मलाई असल आमा देऊ र म तिमीलाई असल राष्ट्र दिनेछु ।”-नेपोलियन बोनापार्ट
  • “तिमीलाई तिमी आफूले मात्र परिवर्तन गर्न सक्छौ ।”-परमहंस  योगानन्द