happy_mothers_day_poem_in_nepali

Happy Mother’s Day Poems in Nepali | Nepali Poems on Mother

Mother is undoubtedly the second name for love. Every mother loves her child more than anything and the love of a child for his/her mother is no lesser. Yes, we all have the deepest and strongest unconditional love for our mothers but it isn’t an easy thing to show. However, there are few ways to show our feelings for our mothers and the best is through the literary works. Unfortunately, everyone isn’t good at literature. But still, you may express your love for your mother this mother’s day by sharing a poem with her. Though these poems aren’t written by you, they are relatable to any mother and her child. So, feel free to send these poems to your mother if you find them relatable to you and her. So, here are the best Nepali Poems on Mother that we found lying anonymously in different social media.

Nepali Poems on Mother | Nepali Aama Gajal | Nepali Muktak “Aama”

Disclaimer: Though we’ve listed these literary arts based on Mother as Poems, all of them might not necessarily be poems and might be a gajal or muktak instead.

Enjoy the Nepali Poems on mother that are awaiting for your Facebook/Twitter share. These poems are best suited for sharing in social media as a message, tweet, status or caption.

धेरै कोसिस गरे बाच्नलाइ बाढीमा डुबेछु आमा

तिमी खोज्दा खोज्दै भगवानकोमा पुगेछु आमा

काख नै रित्तियो भनी आसु झार्छौ होला नझार्नु

पछि स्वर्गमा तिम्रो पाउ छोइ रुनेछु आमा !!


किन आज तिम्रो यती याद आयो आमा

जता ततै तिम्रो मात्र माया छायो आमा।।

तिम्रो माया, ममता र साथको वर्णन गर्दै

प्रकृर्तिलेपनी आज तिम्रै गीत गायो आमा।।


तिमीलाई छोडी टाढा अब हुनेछैन आमा

तिम्रो अगाडि आँशु झार्दै रुने छैन आमा

~~

खुसी र उमंगको हासो हुनेछ तिम्रो मुहारमा

कहिल्यौ आँशुले तिम्रो मुख धुने छैन आमा !!


ऊनको हातको मिठो खाना याद आऊछ

घ्यु चोरी बच्न बनाएको बाहना याद आऊछ

आमा तिम्रो सम्झनामा तड्पिरहेएछु बीदेसमा

परदेशीदा खसालेका तिम्रा आसुका दाना याद आऊछ

सधै मलाई ठूलो मान्छे बन्नु छोरा

भनी सिरमा हात राख्दै आशीर्बाद दीएका जमाना याद आऊछ।।


जति रुने रोइसक्यौ अब रुन पार्दिन आमा !!

दुख पिढा मै सहुला तर अरुतिर सार्दिन आमा!!

झस्किन्छौ रे दिनैपिच्छे रातोबक्स एयरपोर्ट झर्दा!

कायर भइ म आफुले आफैलाई मार्दिन आमा!!


के खायौ आमा, के लायौ आमा, मरेर के लग्यौ।

छातिमा माना , चामल राखी, छरेर के लग्यौ।

न थिए जुत्ता, फुटेका खूट्टा, खाली पेट भर्न लाई, ऊकाली बाट, ओराली गर्दै, झरेर के लग्यौ।

लोभैको भाँडो, भरिन्न कैले, भनेर नबूझ्दा,,, नपायौ सुख , सँधैको दुख , गरेर के लग्यौ ।


यता ढल्केर रुन्छिन बुढि आमा

उता पल्टेर रुन्छिन बुढि आमा

पति को शोकमा मुटु जलाउदै ।।

मृत्यु पर्खेर रुन्छिन बुढि आमा

आज कस्ले देला दुइ गास खान

बोक कल्पेर रोन्छिन बुढि आमा

कस्ले सुनायो छोरा को महल छ ।।

आसु छल्केर रुन्छिन बुडि आमा


बिदेशमा नेपाली कुटिन्छ आमा

हिड्दाहिड्दैनै लुटिन्छ आमा

जेपनि हत्तारहत्तार गर्नुछ यहा ढिला गरे डिउडी छुटिन्छ आमा

आरामशितल कहिले पाउने हैन चर्को घाममा सधै भुटिन्छ आमा

मिलेर बस्न सक्दैन्न कोहिखै किन भाईभाईनै लड्न जुटिन्छ आमा

भोलि के हुन्छ यहा थाहा छैन विश्वासको पर्खाल टुटिन्छ आमा


बाउआमालाइ हेर्ने कुन छ नभन न आमा

एकदिन यो नि टाढा हुन्छ नभन न आमा ।।

उसको पनि को नै छ र म भनेरै आइछे ।

खाली बुहारीकै कुरा सुन्छ नभन न आमा ।।


एक चिम्टी सिन्दुरको भर हुन्न आमा

रगतको भन्दा प्यारो थर हुन्न आमा।।

पराई बनाउन नखोज्नु डोलिमा चढाएर ।

जन्मिएको जस्तै अरु घर हुन्न आमा।।


अाफ्नै छायामा झुकिन्छ ख्याल गर है आमा

हिन्दा पाईला ठोकिन्छ ख्याल गर है आमा

ठुलो मान्छे बनि अाउछु एक दिन पक्कै पिर नग

र दुखी हुदा आँसु पोखिन्छ ख्याल गर है आमा

दिन दिनैकाे दौडान ,दुखले दिन कटाउनु परेको होला

खाना खादा ढुङ्गा टोकिन्छ ख्याल गर है आमा


भोकाएर दुख दिंदा ‘दिनमा’ होस् या राति,

रिसाएझैँ गर्थ्यौ तर..रित्याउथ्यौ छाती

कुटे पनि मारे पनि आफ्नै आमा जाति….

छोरी-बुहारी श्रीमती रुप कति कति,

सबै रुपको बोझ बोक्छ्यौ सिंगै धर्ति जति

संसारमा आमा नै हुन सप्पै भन्दा माथि…


जीवन बित्यो साहुको गेटमा भाग्यले नै ढाँटो आमा
जहाँ सुकै बसेपनी प्यारो आफ्नै माटो आमा ।

खेल्दा खेल्दै चोट लागेको मेटिया छैन अझै पनि
पिँढि बाट आगनिमा लोटदा बस्या टाटो आमा ।

पिजा,बर्गर र अनेकथरी हुँदो रहेछ प्रदेशमा
जति थरी खाएपनी मिठो मोई र आटो आमा।

कोदो,मकै, कर्कलो र तरुल पहिला हुन्थ्यो निक्कै
अहिले भने बाँझै होला बारिको त्यो पाटो आमा।

मेरो पेट भोर्दा भोर्दै भोक्कै पनि हुन्थेउ कहिले
तिनै अतीत सम्झी आज यो मन सार्है फाटो आमा ।।


दैलो लिपी पानी बोकी आगो बाल्ने मेरी आमा
शरिर ढाक्ने लुगाफाटा सदैव टाल्ने मेरी आमा

बा उठेर जुँवा खालमा रक्सी धोकी साँझ घर।
खोलेसिस्नो खुवाई हाम्लाई पाल्ने मेरी आमा

माफ गर्नुहोस् ए आमा म असल छोरो भईन।
मलाई चोट लाग्दा आँशु खसाल्ने मेरी आमा

आज एकलोटा पानी सारेर पिउन सक्दिनन्।
दिनरात नभनी माटो वालुवा चाल्ने मेरी आमा

आँशु पसिना लाग्छ बाबु सहयोग गर्नु भन्थिन।
एकदानो पनि अनाज खेर नफाल्ने मेरी आमा


तिम्रै तस्वीर छुन्छु, आमा तिम्रो सम्झनामा!!
भक्कानिदै रून्छु, आमा तिम्रो सम्झनामा!

प्रवास मा जब जब, तिम्रो याद आईदिन्छ!! 
आँसूले गह धुन्छु, आमा तिम्रो सम्झनामा!

रमेको छु रम्न त, हजारौं को भीड मा!!
तर एक्लै हुन्छु, आमा तिम्रो सम्झनामा!

बिरानो शहर मा, पसीना को धारा बगाई!!
लाखौं सपना बुन्छु, आमा तिम्रो सम्झनामा!

भगवानले असर्फीमा, एउटै चिज दिए!!
तिम्रो खुशी चुन्छु, आमा तिम्रो सम्झनामा!


आमा

आमा जहिलै हाम्रो मुखमा सधै आउने नाम।
कसैले नि नसकेको गर्छौ तिम्ले काम।।

हिजो तिमिले जन्म दियौ आफ्नो कोखमा राखी।
दिनै पर्छ तिमिले आमा सन्तान सम्झी माफी।।

जन्म दियौ हुर्काइ बडाइ ठुलो बनाइ दिऔ।
हामिलाइ सधै मिठो दिई तिमी ले पानी पिऔ।।

भगवान को रुप तिम्रो बाल्छु धुप बाती।
मलाई ठुलो बनाउनलाइ दुख पायेउ कति।।

आमा भन्दा ठुलो यहाँ कोहि हुने छैन।
आमाले जति माया गर्ने कोहि भेटिन्दैन।।

दिन रात नभनी नि हाम्रो सेवा गरेउ।
दिऔ छोरी पराइलाइ तिमी एकलै परेउ।।

आमा आज तिम्ले ेदियेको आशिर्वादले गर्दा।
राम्रै भाछ खुसी नै छु सात समुन्द्र तर्दा।।

सिकाकी थियौ ज्ञानका कुराब बोल्नु मिठो भनी।
पहिलो बोली सिकाउने गुरु पनि तिमी।।

सानो छ्दा दुख दिये के के गरे मैले ।
आमा बने बुझे कुरा यो बेलामा अहिले।।

गल्ती कति गरियो होला दुख धेरै भयो।।
हाम्रो सेवा गर्दा गर्दै आधा जिवन गयो।।


Nepali Gajal “Aama” | Aama Gajal

-Aama Gajal by Buhari

सासू होइन हजुरलाई मानेकी छु आमा
कस्तो व्यबहार गर्नुपर्छ जानेकी छु आमा

नसोच्नु है बुहारिले सर्बस्व नै सक्छे भन्ने,
स्वर्ग जस्तो घर बनाउने ठानेकी छु आमा ।

श्रीमान गए परदेश,कहिले आउने टुङ्गो छैन
घर ,अफिस, बालबच्चा धानेकी छु आमा ।

तेस्तै हो संगै सुत्दा खुट्टा लाग्छ भन्छन्
घर छोडेर नजाउ भन्दै तानेकि छु आमा ।


-Aama Samjhiye

आमा सम्झिएँ पुरानो, भोटो सम्झिएँ
आमा बिनाको जीवन, खोटो सम्झिएँ

आजफेरी सपनि मा, ऐठन पर्दाखेरि
सिरानी मुनि आमाको, फोटो सम्झिएँ

जति लेख्यो पर्देशिको, कथा ब्यथाहरु
लेखेर आमा नलेख्दा , छोटो सम्झिएँ

पिजा खायो रसै छैन,आमाको हातको
अनि कोदो र फापर को, रोटो सम्झिएँ

सिसा होकि सपना, बारबार चर्किन्छ
आमाको हातमा रकम, मोटो सम्झिएँ!!!


“आमा”
पुरानै ब्यथा फ़ेरि बल्झिएर रुन्छिन !!
अशक्त भै बिछ्यौनामा ढल्किएर रुन्छिन !!

आउदैन निर्दयी छोरो खबर पाउँदा पनि,
नजाँदा झिनो प्राण अल्झिएर रुन्छिन !!

लिएको ऋण अझसम्म तिर्न नसकेर,
आँगनमा दिनकै साहु पल्किएर रुन्छिन !!

अन्नपात केही छैन सधै भोकभोकै,
खेतबारी सबै बाँझो टल्किएर रुन्छिन !!

बुढेसकालमा बेसहारा बनाएर गएपनि
आँखाभरी सन्तानकै तस्बिर झल्किएर रुन्छिन !!


गाली गर्दै , उठा भन्दै , जुठो छर्छिन् हजुरआमा
दिनभरिको कामले थाकी जब अढेश पर्छिन् आमा ।

बिहान जैले चार बजे उठि ढिकी जाँतो गर्दै,
रोटी, भात पकाउन सधैं अघि सर्छिन् आमा ।

कोशेली र मीठो जति सबैलाई बाँढे पछि,
भोक मेट्न बाँकी भाको रहल्पहल चर्छिन् आमा ।

घाँस, दाउरा अनि पानी संगसंगै बोक्नु पर्ने,
ज्यान यौटा काम अनेक एकै चोटी गर्छिन् आमा ।

जुठा भाँडा सकेपछि जब राती सुत्न जान्छिन् ,
झर्ने आँशु लुकाएर भित्र भित्रै मर्छिन् आमा ।


Timi Kaha Gayau Aama

मलाई संसार देखाएर तिमी कहाँ गयौ आमा
माया अपार देखाएर तिमी कहाँ गयौ आमा
सारा दुख एक्लै भोगी मलाई पढ्न पठाइ पठाइ
जिउने आधार देखाएर तिमी कहाँ गयौ आमा
पुजापाठ धर्मकर्म अतिथिलाई सत्कार गरी
असल संस्कार देखाएर तिमी कहाँ गयौ आमा
एकदिन आखिर मर्नै पर्छ नरोए है छोरी भन्दै
महान विचार देखाएर तिमी कहाँ गयौ आमा
नदि तटको चितामाथी राख्दासम्म हेर्दै थियौ
मलाई किनार देखाएर तिमी कहाँ गयौ आमा


आमा तिम्ले काखमा राखी, खुवाएको याद आयो
नाना चाचा लगाउदा , सुहाएको याद आयो।

बायाँ हातले मैले लेख्दा ,अशुभ हुन्छ भन्दै तिम्ले
नलेख भन्दै हातमा हानी, रुवाएको याद आयो

बदमास गरि सङ्गिनिले, दोष जति मलाई लाउदा
साबित गर्न देबिथान, छुवाएको याद आयो

बगैचामा फल्थे आँप ,दुख्छ पेट नखाउ भन्दै
लुकाएर भण्डारमा ,कुहाएको याद आयो

सानो चोट मलाइ लाग्दा ,ज्यान जालाझै सुम्सुमाउदै
के भो भन्दै तिम्ले आँसु ,चुहाएको याद आयो।।


बुहारीका हातमा डाडू पनिउ अघाएनौ होला आमा !!
आफू खुसी मिठो मसिनो पकाएनौ होला आमा !!

आफ्नै घरमा तिमिलाई दासी बनाउँदा,
पक्कै पनि त्यो ज्यान थकाएनौ होला आमा !!

रोगी छौ कसरी ख्याल राख्छौ आफ्नो,
नहुदा खर्च स्वास्थलाई जचाएनौ होला आमा !!

थोत्रो अनि मैलो देखिन्छ होला लुगाहरु,
अरुकै खटन त्यहाँ सुकिलो-मुकिलो लगाएनौ होला आमा !!

घरमा कहिलेकाहीँ मनमुटाव हुँदा,
स-साना बचनमा आँशु बगाएनौ होला आमा !!

दिनभरि भोको बसि रातमा तिमी छटपटाउँदा,
आधारातमा कसैलाई जगाएनौ होला आमा !!

जस्तो कर्म गर्यो उस्तै फल पाईन्छ आखिर,
पालो सबको आउँछ भनी सम्झाएनौ होला आमा !!


गरिबको र धनीको खाना फरक पाएँ आमा।
लाज ढाक्ने एक धर्सो नाना फरक पाएँ आमा।

सोचेको’थेँ यो जिन्दगी बनाउँछु म रङ्गमय,
सपना र विपनाको पाना फरक पाएँ आमा।

नि:स्वार्थ माया पाउँछु भन्ने लाग्थ्यो मैले पनि,
पुर्व र पश्चिमको चाहाना फरक पाएँ आमा।

वशमा पार्छु भन्ने लाग्थ्यो मायाको त्यो घडेरी नि,
तैपनि त रोपनी र आना फरक पाएँ आमा।

फूल झैँ कोमल हुन्छ भन्थेँ, उनको मन पनि,
मुटुको घाउ र आँसु दाना फरक पाएँ आमा।


तिम्लाई अझै लुट्ने हुन कि भन्ने मलाई पिर छ आमा
अरु दिन नसके नि यहि यौटा शिर छ आमा

कपुत र सपूत दुबै जन्मे तिम्रा कोख बाट
भयो भुल कपुत लाई तिम्रो मुटु चिर्छ आमा

लागेको छ गोली अनि बनेको छ जिर्ण तर
अझै पनि लड्न सक्ने यौटा सिङ्गो शरीर छ आमा

यदि मैले तिमी लाई जोगाउन सकिन भने
मेरो आस्था ,आदर्श र स्वाभिमान गिर्छ आमा

देखाउनु बाटो मलाई हिड्छु बिश्वास लिएर म
एका तिर तरबार त अर्को तिर भिर छ आमा


Nepali Muktak Aama

घर आउदा बुहारी ल्याउनु भन्छिन् आमा ।
म मात्र पधेरि कति धाउनु भन्छिन् आमा ।
म डाडा पारिको घाम भइ सके बाबू अब !
यादमा कति आँसु बगाउनु भन्छिन् आमा ।


आमा के हुन भन्ने कुरा , कति बुझ्छौ तिमी।।
भगवान त आमा हुन,ढुङ्गा कति पुज्छौ तिमी।।
आमाको बरदानलाई एकपटक ,सम्झिएर हेर त,
देउता खोज्दै यताउता,कति काका कुद्छौ तिमी।।


घरमा मेरी बुढी आमा हुनुहुन्छ एक्लै!
आँसु लुकाइ मन-मन रुनुहुन्छ एक्लै!
सन्तानकी धनी तर कोहि छैन साथमा
हेरि मेरो तस्विरलाई छुनुहुन्छ एक्लै!!


सन्तानलाई काखमा लिइ निदाउछिन आमा
उसकै निम्ति हास्दै दुख बिताउछिन आमा
खै के जादु छ कुन्नि उनिमा बुझ्न सकिएन
हार्न खोज्ने सन्तानलाई नि जिताउछिन आमा ।।


सबैको छोरा छोरी आउदा रुन्छिन होलि मेरि आमा
दोबाटोमा हेर्दै आशुले मुख धुन्छिन होलि मेरि आमा
आमाको मुख हेर्ने दिन्नि फर्किएन परदेशि छोरो भन्दै
सम्झिदै बिगत मेरो तस्विर छुन्छिन होलि मेरि आमा


आमा बिना को संसार कस्तो होला है?
धर्ती बिना को आकास जस्तो होला है

बृद्दाश्रम मा आमा सङ्ग सेल्फी लिने हरु
आमा नाम को शब्द नै सस्तो होला है


सब चिज छ मसङ्ग तर छैनन् मेरि आमा।
खुसी दिई राख्थे होला रहिनन मेरि आमा।

बिशेष आजको दिन त कहिलै नआओस,
आँसु झर्छ,सम्झिएर,किन भईनन मेरि आमा।।


आमा मैले दस धारा दुधको भरा तिर्न भ्याउन्न कि
तिमी बिरामी भएकोमा हेर्न पनि आउन्न कि
पराई भाको म त आमा माइत बस्न सुवाउन्न कि
पराई रिजाउदै म ब्यस्त भएमा तिम्रो आशीर्वाद पाउन्न कि


भैगो एक दिन का लागी,चटक नदेखाउ
आमा को तस्वीर पटक-,पटक नदेखाउ
सबै ले आमा लाई भगवान् को रुप दिन्छ
धेरै माया गरे जस्तो बिन्ती नाटक नदेखाउ


जन्म दिने बाबा- आमालाई ,सम्पत्ति सँग जोक्छन् किन?
ईज्जत र इमान्दारलाई, धनको अाधारमा तोक्छन् किन?
घरमा भएका बिचरा यी बुढा,आमा-बाबा लाई हेला गरी ,
पुण्य पाउने बाहनामा ,मन्दिरको ढुङ्गालाई ढोक्छ्न् किन ?


आकासका जुन हेरि टोलाउदै छु आमा !
सम्झनाले नयन घेरि लोलाउदै छु आमा !
माफ गर्नु छोरो सम्झि सु:ख दिन नसकेनि
चोट पर्दा हजुकै नाम बोलाउदै छु आमा!!


Facebook Comments