Table of Contents
The Nepali translation for the word “Father” is “बुबा(pronounced: Bubā)”. However, in Nepal, there have been a handful of words being used to address one’s father. So don’t get surprised when a Nepali addresses his father as “Baa(बा)” or “Baba(बाबा)” or “Buwa(बुवा)” or “Pita(पिता)”. It doesn’t end there, and due to the Western influence in the recent generations, Nepalese are also found addressing there father as Papa(पापा), Daddy(ड्याडी) and even Dad(ड्यड़). Any of these mentioned words have the same meaning and equal value. But this meaning and the value of any of these words is hard to reflect. So, what can better reflect the value of a father in a family, other than a decent piece of literature, right? To explain, what a Dad means in a typical Nepali family, we’ve handpicked few best Nepali poems on Father (written anonymously).
Undoubtedly, photos bring back so many memories. But will you believe us if we say, poems are as powerful as photos to bring back memories? Wanna put this on the test? Choose any of the Nepali poems on Father from the list below and you’ll automatically refresh your memories with your father. Yes, these poems are as powerful as that. So, enjoy!!!
Nepali Poems on Father | Nepali Kabita Sirshak Pita
कविता
“पिता र सम्झौता”
जो,सन्तानले भरिपूर्ण खाउन भनी
आफु भोकै बस्छन्
ती खाली पेटसंग गरेको
“सम्झौता” हुन् “पिता”
जो,सन्तानको भविष्यका निम्ति
आफ्नो वर्तमानलाई पसिनामा बगाउछन्
ती संघर्षसंग गरेको
“सम्झौता” हुन् “पिता”
जो,सन्तानले राम्रो लुगा लगाउन भनी
आफु फाटेको,टालेको लगाउछन्
ती टालेका प्वालसंग गरेको
“सम्झौता” हुन् “पिता”
जो,सन्तानका हरेक इच्छा पूरा होस् भनी
आफ्ना रहरहरुलाई पासो लगाउछन
ती बलिदानसंग गरेको
“सम्झौता” हुन् “पिता”
जो,सन्तानले विद्यालय जानु नपरोस् भनी
गरेको स्वाँगलाई पनि सत्य ठान्छन्
ती मूर्खतासंग गरेको
“सम्झौता” हुन् “पिता”
जो,सन्तानलाई हप्काउछन्,तर्साउछन्
तर,नदेखिने गरि माया दर्शाउछ्न्
ती अदृश्य स्नेहसंग गरेको
“सम्झौता” हुन् “पिता”
जो,सन्तान सदैव खुसी रहोस् भनी
आफ्नो दुख लुकाइ पिडामा पनि मुस्कुराउछन्
ती झुटो अभिनयसंग गरेको
“सम्झौता” हुन् “पिता”
Suggested Read: Nepali Poems On Mother
Nepali Gajal on Father | बुवा गजल
गजल
दुनियाँमा कुनै पिताले सुखसँग जिएको हुँदैन
परिवारको चिन्ता पिताले जति लिएको हुँदैन
अाकाशभन्दा फराकिलो हुन्छ पिताको हृदय
पीडाजति अाफू लिन्छन् घरमा दिएको हुँदैन
बच्चाहरूको भविष्य नै पिताको सपना हुन्छ
धुजा-धुजा भैसकेको हुन्छ मुटु सिएको हुँदैन
पिता भैसकेपछि जिम्मेवारीको अन्त्य नै छैन
पिताले जिन्दगीमा अाँसु वाहेक पिएको हुँदैन
अाज मुख मात्र होइन खुट्टाको अौँला पनि हेर
घिस्रेर हिँड्दा-हिँड्दा कुन नङ्ग खिएको हुँदैन?
ओठको मुस्कान हरायो, बाबा बिते पछि
ज्यानलाई भरिया बनायो, बाबा बिते पछि
सम्झना छअझै बाबाले, काधमा बोकेको-
पुरानो यादले सतायो, बाबा बिते पछि
एस्तो घर थ्यो त्यो, स्वर्गको आभाष हुने-
नियती ले सबै जलायो, बाबा बिते पछि
सामुन्ने सधैं भरी, खुशिको पहाड हुन्थ्यो-
चट्याङ पर्यो र ढलायो, बाबा बिते पछि
पत्थर आज प्रीय छ, अङ्गाल्छ उसैलाई
गर्हुङ भारिले गलायो, बाबा बिते पछि !!
मेरो साहस ,मेरो इज्जत ,मेरो सम्मान हो पिता ।
मेरो ताकत मेरो पूंजी , मेरो पहिचान हो पिता ।।
घरको एकएक इट्टामा सामील छ उनको रगत र पसिना ।
सम्पुर्ण घरको रमाइलो , अनि घरको सान हो पिता ।।
मेरो इज्जत , मेरो सम्मान अनि मान मर्यादा हो पिता ।
मलाइ हिम्मत दीनेवाला मेरो अभिमान हो पिता ।।
सबै साइनोहरु उनैले गर्दा छन,नाता र कुटुम्ब पनि ।
सबै घरको मुटुको धडकन अनि सास हो पिता ।।
सायद इश्वरले पठाइएका होलान फल राम्रो कर्मको ।
उसको ध्यानको फल हो ,उनकै वरदान हो पिता ।।
धर्ति टेकाउनेलाई घरबाट निकाल्नु भयो
माता पिता फालेर कुकुर चै पाल्नु भयो।
छोरा पाउने रहरमा धाए मन्दिरगुम्बाहरु
उही छोराले बृद्ध आश्रम मा हाल्नु भयो।
हजुरकै सिको सिक्छन छोरा छोरीहरुले
बा र आमाको गुमुत कहाँ पखाल्नु भयो?
आमाको ती दसधारा दुधको ॠण बिर्सेर
त्यो फाटेको धोती कहिले पो टाल्नु भयो?
बाबाको हातका ती ठेलाहरु अझै होलान
भन्नुस मनतातो पानी कति उमाल्नु भयो?
तिम्रो हेर बिचार शिक्षा दिक्षाहरुको लागि
खाई न खाई बगरमा बालुवा चाल्नु भयो।
तन्नेरी भुसतिघ्रे भयौ बिहे गरी ल्याए पछि
अशक्त हेर्न छोडी चुलो अन्तै बाल्नु भयो।
बुवाको व्यवहार देखिरहेको छोरोले सोध्छ
ए बा!बुढाबुढी भएपछी किन फाल्नु भयो?
सन्तान खुशी पार्न धेरै दु:ख कष्ट ,गर्नु भयो बाबा।
भविस्यलाइ उज्ज्वल पार्न सात समुन्द्र तर्नु भयो बाबा।।
केहि गरे नि सक्दिन म बुबा हजुरको ऋण चुकाउन,
सानो काम गर्छु भन्दा सक्दिनस भन्दै अघि सर्नु भयो बाबा।
थाप्लो कुच्ची भङ्ज्याङ बन्यो पैतालो नौ चिरा भो,
रोगि शरीर नाङ्गै खुट्टा गाँउबेसी झर्न भयो बाबा।
मेरो निम्ति ब्राह्म बिष्णु महेश्वर सबै हुन् मेरै पिता ,
मलाई सधैं जिताउन मेरा दुश्मसङ्ग लर्नु भयो बाबा।
संसारमा खोजे पनि कोहि भेटिन्न हजुर जस्तो मार्गदर्शक ,
छोराछोरी पाखा लागे बुढेसकालमा एक्लै पर्नु भयो बाबा।।
Nepali Muktak for Father’s Day | Best Father’s Day Facebook Status in Nepali
मुक्तक
अठारौ शिशिरको जाडो कसरि छलिदिनुभो बाबा।
हाम्रो लागी आफु आफैमा जली दिनुभो बाबा।
आज आफु बाबु बनेपछी हजुरको योगदान बुझीयो
हामी संन्तानकै खुशीको खातीर यसरि गलिदिनुभो बाबा।
सन्तानको खुशी हमेशा, देख्ने बुवाहरुलाइ नमन
हरेक बिपत्ती आएपनी ,छेक्ने बुवाहरुलाइ नमन।
जिवनभर सन्ततिको हासो अनि खुसिका खातिर
डेग नखाइ जिम्मेवारी ,बोक्ने बुवाहरुलाइ नमन।।
छोरा मात्र हैन तिमी ,छोरीको नि आश गरे है बा ।
एउटै कोखका हुन छोराछोरी आभास गरे है बा ।
नठान्नु पराई मलाई कर्म घर अनि थर फेरिदैमा
हुनेछ साथ हर दु:खमा मलाई नि खास गरे है बा।
थिरी थिरी ताते ताते गराउनुभो बाबा।
कोमल मेरो दिमागलाइ भराउनुभो बाबा।
चाहे मैले नजानेरै नराम्रो काम गरेपनी,
मेरै भलो चितायर कराउनुभो बाबा।
कर्म दिने सीप दिने र नाम दिने पिता तिमी
धैर्यता रसहनशीलता सिकाउने गीता तिमी
संस्कृति र परम्परा चलनमा हिंडाउने नि तिमी
सिके तिम्रै गुण बन्यै अचार संहिता तिमी
कृष्ण कट्टेल – पहाड र मेरा बा
असंख्य पहाडहरुको पत्रमा
उभ्भिएको एउटा पहाड
त्यहि पहाडले जन्माएको मेरा बा
आजसम्म उसकै छात्तिमा हुर्किएर
स्याहारिरहेछन् त्यहि पहाडलाइ ।
शिशिरमा उजाडिएको पहाडको खुसी
मेरै बा को पसिनाबाट फर्किन्छ वसन्तमा
अनि लगाउछ हरियो लाली
देखिन्छ झनै हराभरा र सम्पन्नशाली ।
त्यहि पहाड हो
मेरा बा को सबैथोक
अनि मेरो पनि इश्वर
त्यहिँ रोपिएको पसिना
मोती भइदिएर नै
रगत पसेको हो मेरो मुटुमा ।
कहिले गल्र्याम्म लडिदिन्छ पहाडको एक भित्तो
पर्खाल लगाउछन् मेरा बा
अनि फोरेर चट्टान, माटो बनाउछन्
रोप्छन्,हुर्काउछन,फलाउछन अक्सिजन
त्यसैले मुटुभन्दा प्यारो ठान्छन मेरा बा
यो पहाडलाइ,यो देशलाई ।
Fathers day Wishes Images
(Disclaimer: ListNepal doesn’t own any of the poems published above. These poems were found lying anonymously in different social media channels. We so much wanted to credit the true creators of these great great contents but couldn’t find any as of today. However, if you know or are among the true owners of these contents, please feel free to contact us to claim your credit. Thanks!)
1 Response
[…] Also Read: Fathers Day Wishes In Nepali […]