nepali muktak collection

Nepali Muktak Collection | नेपाली मुक्तक | Muktak Mala

Are you looking for some best Nepali Muktak? Then you are in right place. Here you can find some of the best Nepali Muktak. Muktak by various Nepali authors is collected in this collection. Let’s learn few things about Muktak first.

What is Muktak?

Muktak is a free verse which is normally 4 line involving some rhyme and gives some meaning. The first line in Muktak raises some thought, the second line supports the first line, the third line is independent which sets up for the fourth line which is ended with some dialogue that gives meaning to all four lines. This will be more clear with below explanation in Nepali.

मुक्तक क हो ?

(यो उत्तर फेसबुक ग्रुप समकालीन साहित्य प्रतिष्ठान बाट साभार गरिएको हो । )

मुक्तक, चतुष्पदीय (चार हरफको), आफैँमा स्वतन्त्र र अर्थ दिने पद्यात्मक रचना हो | मुक्तकमा पहिलो, दोस्रो र चैाथो हरफ अनुप्रासयुक्त र तेस्रो हरफ स्वतन्त्र हुन्छ | हरफको पछिल्तिर हुने, उस्तै सुनिने शब्द/अंश लाई अनुप्रास भनिन्छ | मुक्तकका पहिलो हरफले बिषयको उठान गर्छ | दोश्रो हरफले उठानलाई थप समर्थन गर्छ |

समग्रमा, सुरुका दुई हरफले पृष्ठभूमि (background) तयार पार्छ | तेस्रो हरफ स्वतन्त्र हुन्छ र यो हरफले चौथो हरफमा मार/झट्का हान्न उपयुक्त वातावरण तयार पार्छ | चौथो हरफ वजनदार र झट्का दिने खालको हुन्छ | मुक्तक पढ्दा सररर, बहाबसंगै पढ्न सकिने हुनुपर्छ |
मुक्तक लेख्दा सकेसम्म कम भन्दा कम शब्द प्रयोग हुनु राम्रो मानिन्छ | लेख्न सिक्दैगर्दा सकेसम्म प्रत्येक हरफमा २०/२२ भन्दा कम अक्षर भए राम्रो | कुनै हरफ लामो, कुनै छोटो पनि त्यति राम्रो मानिँदैन |

सकेसम्म सबै हरफहरु एकै लम्बाइका होउन् , सिंगो मुक्तकलाई झट्ट हेर्दा चिटिक्क मिलेको आयतकार देखियोस् | (अभ्यस्त मुक्तकारहरूले धेरै स्वरवर्णको प्रयोग गरेर सजिलोसँग पढ्न मिल्नेगरी लामा हरफहरू पनि कोर्न सक्छन्, त्यतातिर अहिले नजाऔँ ।)
चार हरफको र अनुप्रास मिल्दैमा उक्त रचना मुक्तक हुन सक्दैन | मुक्तकले भाव र गहिराइको माग राख्दछ | एउटा मुक्तकले कुनै एक विषयमा बोलेको हुन्छ | मुक्तकका हरफहरु बीच एक-आपसमा अन्तरसम्बन्ध हुनुपर्छ |

माथि भर्खरै पढ्नुभएको नियम र मुक्तक राम्रो बनाउने तत्वहरुलाई उदाहारणमा हेरौं:-
मुक्तकः १ ( लेखक: भूपि शेरचन )
प्रत्येक पहेंलो धातुलाई सुनको गजुर भन्न मनलाग्छ ( उठान)
प्रत्येक रंगिन चरालाई बनको मजुर भन्न मनलाग्छ ( समर्थन, पृष्ठभूमि तयार भयो अब )
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब त (स्वतन्त्र हरफ , मार हान्न ठिक्क)
बाटामा कुनै गधा देखेपनि हजुर भन्न मनलाग्छ | ( मार हान्ने हरफ )

माथिको मुक्तकमा हरफ १, २ र ४ का पछिल्ला तीन शब्दहरु “अनुप्रास’ हुन् | यो मुक्तकले “चाकडी प्रवृति” को बारेमा बोलेको छ, व्यंग्यात्मक भाषामा |

Best Nepali Muktak Collection | नेपाली मुक्तक

(कृष्णप्रसाद पराजुली, नेपाली मुक्तक विधाका प्रणेता, ‘सय थुँगा फूल’ बाट)
आऊ घावै घाउ भएको छाती कुल्चेर आऊ तिमी
म सब पीडा सहुँला आँखामा गुराँस फुलाऊ तिमी
आऊ अझ मेरा झरेका सपनाका पातहरुमा टेकेर
क्यै चाहिन्न मलाई आँशुका गीत भएर जाऊ तिमी ।


अाज अरुको हिजाे अस्ति मेराे पनि थियाे।
फूल फुल्ने बगैचामा गस्ती मेराे पनि थियाे।
अागाे लगाई याे दिललाई खरानी बनाउने,
मान्छेकाे दिल भित्र बस्ती मेराे पनि थियोे।


फुङ्गारे @looraykancho

फुल देखेर मनमा सजाए,
काँडा बनि बिझाइदियाै,
मेराे मुटु सुम्पेकाे थिए तिमीलाइ,
तर रगतरुपि बुट्टा सजाइदियाै।


फुङ्गारे @looraykancho

के मात छ त्यो रक्सिमा ?
कुन जात छ त्यो रक्सिमा ?
अझै बुझ्न सकेको त छैन हजुर्,
तर जे छ, लाजबाब छ त्यो रक्सिमा


Hari Ranabhat

खुशीहरू सँगालेर, साँचेको छु र त हाँस्छु
जिम्मेवारी अँगालेर,बाँचेको छु र त हाँस्छु।
अनित्य छ अनुभूति,आत्मबोध हो बिभूति
ज्ञानको ज्योति बालेर,नाचेको छु र त हाँस्छु।


फुङ्गारे @looraykancho

जिन्दगी को खेल नै यस्तै हो साथी,
आजको आफ्नो भोलि पराइ हो साथी,
के आसा राख्छौ र कसै सङ्ग?
अन्तिम मा खोट तिम्रै हुने न हो साथी ।


Khagendra jung Thapa

ज्ञनको ज्योति यसैगरि बालि दिय हुन्थ्ो
भ्रस्ट चारि डाँका जति फालिदिय हुन्थो
बे मेल र बिसहमति जनाउने ती अधर्मि लाई
कुस्ट रोगले मिलाइ मिलाइ गालिदिय हुन्थो।


Hari Priya Rijal

हिसाब पारदर्शी हुन को लागी बिल चाहिन्छ
नया मालसामानमा नतोडेको सिल चाहिन्छ
यत्तिकै कसरी चिन्न सक्छौर तिमी मलाइ ?
स्वच्छ मनलाई बुझ्न् त स्वच्छ दिल चाहिन्छ।।


Wagle Kali

नारीबिना तिम्रो जीवन चलाएर देखाऊ
तेलनहाली ल त दियो जलाएर देखाऊ
खुट्टाभय जुत्ता कती भन्दै हीँड्थ्यौ गर्बका साथ,
बोटबिनानै कुन फल फल्छ फलाएर देखाऊ।


गन्तव्यको यात्रा बिचमै रोकिएर रोए।
ति साँचिएका खुशीहरु पोखिएर रोए।
भन्नुहुन्छ सबैले सीधा बाटो हिँड्नुपर्छ..
मोडीन जानिन घुम्तीमा ठोकिएर रोए।।


Rajju Bidari

न छुरीले न तरबारले यादको डोरी रेट्न सक्छु।
तिम्रो मेरो बाटो फरक,न चाहेरनै भेट्न सक्छु।।
भाग्यमा होइन तिम्रो नाम,मुटुमा मात्रै लेखियो।
न त कुनै इरेजरले त्यो नाम अब मेट्न सक्छु।।


RM B Kuttal

प्रेमको परिभाषा बुझे, तिमीसंग माया लाए पछि
अब म कस्लाई पर्खि बसु, जब तिमी नै आए पछि
अरुको लागि किन,आफ्नो ज्यान फाल्छन मान्छे भन्थेँ
आज बल्ल थाहा पाए मैले, तिमीलाई पाए पछि


Dhan Raj Bhumi

मन भित्रको धरोहर ढलाउन बाध्य छु म।
कठिन मजबुरी चलाउन बाध्य छु म ।
परदेश मा बार घन्टा डिउटि गर्दा गर्दै ।
पुरै शरीर पसिनामै गलाउन बाध्य छु म ।


Hari Ranabhat

आरोह अवरोहमा हुन्छ जिन्दगी
उत्सव समारोहमा हुन्छ जिन्दगी।
जोडिंदै तोडिंदै आखिरमा छोडिन्छ
अडेको मायामोहमा हुन्छ जिन्दगी।


Ba B taa

मात्र तिमी मेरो भन्दै,फकायो बैगुनीले
नत्र मर्छु भन्दै आँखा,रसायो बैगुनीले
स्वर्गसरी लाग्छ भन्थ्यो,मायाको अँगालोमा
बोल्या रैछ झुटा कुरा,फसायो बैगुनीले

Facebook Comments